| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नयाँ नागरिकताको प्रमाण-पत्र |
|||||||||
|
क. सिफारिस सहितको अनुसूचि-१, वंशज ना.प्र. र वैवाहिक अंगिकृतको अनुसूची-७ ख. बाबु-आमा वा वंशका तीन पुस्ता भित्रका नातेदारकाे नागरिकता र सनाखत । ग. जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाण-पत्र । घ. बाबुको मृत्यु भए मृत्यु दर्ता, दाजु भाइको नागरिकता प्रमाण-पत्र र सनाखत । ङ. बसाइ-सराई गरी आएको भए बसाई-सराई प्रमाण, जग्गा धनी पूर्जा र सम्बन्धित जिल्ला बुझ्ने । च. विवाहित भए पतिको नागरिकता, विवाह दर्ता प्रमाण र बाबुको नागरिकता, बाबु विदेशी भए विदेशीको ना.प्र. त्याग्ने कारवाही चलाएको प्रमाण र पतिको सनाखत तथा पतिको मृत्यु भएको भए मृत्यु दर्ता । छ. बुवा, आमाको ठेगाना नलागेको व्यक्तिले पाउने नागरिकता सम्बन्धमा प्रचलित संविधान, नेपाल नागरिकता ऐन/नियमावली, २०६३ बमोजिम । ज. नि.से.नि., २०४९ को दफा २(घ) अनुसारको सरकारी कर्मचारी परिवारको हकमा कर्मचारी कार्यरत कार्यालयको सिफारिस । झ. अटो साइजको २ प्रति फोटो (गढा रंगको द्यबअपनचयगलम नभएको) र अन्य सार्थक प्रमाण । |
|||||||||
| 2 |
नागरिकताको प्रमाण-पत्र प्रतिलिपी |
|||||||||
|
क. सम्बन्धित गा.पा./न.पा.बाट फोटो प्रमाणित गरेको सिफारिस । ख. नागरिकताकाे प्रमाण–पत्र नहराई पुरानो भई बिग्रिएको भए प्राप्त गरेको सक्कलै पुरानाे नागरिकता प्रमाण–पत्र । ग. नागरिकता प्रमाण–पत्र प्राप्त गरेकै ना.प्र.प.नं. र मिति खुलेको निवेदन । घ. २ प्रति अटो साइजको फोटो (गाढा रंगको Background नभएको) । |
|||||||||
| 3 |
नाता प्रमाणित |
|||||||||
|
क. गा.पा/न.पा. को फोटो प्रमाणित सहितको सिफारिस र निवेदन । ख. नाता प्रमाणित गर्ने/गराउने व्यक्तिको नागरिकताको प्रमाणपत्र । |
|||||||||
| 4 |
नावालक परिचय–पत्र |
|||||||||
|
अभिभावकको नागरिकता, फोटो प्रमाणित सिफारिस भएको अभिभावकको निवेदन, जन्मदर्ता, नाता प्रमाणित प्रमाणपत्र, नावालकको फोटो ४ प्रति | |||||||||
| 5 |
राहदानी सिफारिस (द्रुत सेवा) |
|||||||||
|
क. राहदानीको फारम थान–२ निवेदन साथ पेश गर्नु पर्ने । ख. ३.५×४.५ cm साईजको फोटो थान–४ |
|||||||||
| 6 |
व्यहोरा प्रमाणित |
|||||||||
|
व्यहोरा खुलेको निवेदन, पुष्टि हुने कागजात र गापाको सिफारिस, (आवश्यकता अनुसार प्रहरी सर्जमिन) । | |||||||||
| 7 |
गुनासाे तथा उजुरी |
|||||||||
|
मर्का परेको विषय खोली पक्ष–विपक्षको नाम, थर र ठेगाना समेत खुलाई निवेदन दिने । | |||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु .