2075-12-14
2075-12-14
तस्बिर : सोताङ गाउँपालिकामा सञ्चालित घु्म्ति शिविर
यही मिति २०७५ साल चैत्र ०९ गते देखि २०७६ बैशाख ०४ गते सम्म साेताङ गाउँपालिका स्वास्थ्य शाखा सोताङ तथा इलाका प्रशासन कार्यालयद्वारा सञ्चालित घुम्ति शिविरमा गत चैत्र ०९ र ११ गते भएकाे नेपाली नागरिकता वितरण कार्यक्रममा सोताङ गाउँपालिका वडा नं.२ चेपेल बस्ने वि.सं.१९९५ चैत्र २० गते जन्मिएकी श्री पर्बी माया राई (वर्ष ८१) र अपाङ्गता भएका नागरिक श्री पासाङ गेलु शेर्पा लगायत जम्मा १५ जनाले नेपाली नागरिकताकाे प्रमाण पत्र प्राप्त गर्नु भएको छ। सो शिविर कार्यक्रममा सोताङ प्राथमिक केन्द्रका प्रमुख डा.ललित कार्की लगायत अन्य प्यारामेडिकल स्टाफ र इलाका प्रशासन कार्यालयबाट कार्यालय प्रमुख विनाेद गौतम र सहायक कम्प्युटर अपरेटर ऐज नारायण मण्डलले सेवा प्रदान गर्नु भएकाे थियो ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु .