कार्यालयको परिचय
परिचय
इलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्बु नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत जिल्लाको स्थानीय स्तरमा शान्ति, सुरक्षा र प्रशासनिक सेवा प्रवाह गर्ने उद्देश्यले वि.सं. २०७३ सालमा स्थापना भएको सरकारी निकाय हो। २७°२७' देखि २७°४७' उत्तरी अक्षांश र ८६°५०' देखि ८६°७९' पूर्वी देशान्तरमा अवस्थित यस कार्यालयको मुख्य कार्यक्षेत्र सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका हो। यस कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका सर्वसाधारण नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण तथा प्रतिलिपि जारी गर्ने कार्य गर्दछ। साथै राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट) सिफारिस र नाबालक परिचयपत्र उपलब्ध गराउनु यसको प्रमुख जिम्मेवारी हो। नागरिकका विभिन्न प्रशासनिक सिफारिस तथा कागजात प्रमाणीकरणका कार्यहरू पनि यसै कार्यालयमार्फत सम्पादन हुन्छन्। क्षेत्रभित्र शान्ति, सुरक्षा र अमनचयन कायम राख्न स्थानीय सुरक्षा निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गरिन्छ। प्राकृतिक विपद्को समयमा उद्धार, राहत वितरण तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा थप सहयोग पुर्याइन्छ। स्थानीय पालिकाहरू र अन्य सरकारी निकायहरूसँग प्रशासनिक समन्वय गरी सेवा प्रवाहलाई प्रविधिमैत्री, सुलभ र पारदर्शी बनाउन कार्यालय प्रतिबद्ध छ। सुशासन कायम गर्दै आम नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्नु नै यस इलाका प्रशासन कार्यालयको मुख्य ध्येय हो।
मुख्य उद्देश्य
- कार्यक्षेत्रभित्रका नागरिकलाई सहज, सुलभ र प्रभावकारी ढङ्गले प्रशासनिक तथा सार्वजनिक सेवा उपलब्ध गराउनु।
- स्थानीय स्तरमा शान्ति, सुरक्षा र सुशासन कायम राख्न समन्वय गर्नु।
